बञ्चरेडाँडामा फोहोर खसाल्न सुरु

0Shares

२७ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा खासल्न थालिएको छ ।

बञ्चरेडाँडा ल्याण्डफिल साइट पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेसँगै काठमाडौंबाट गएका ट्रकहरुले ल्याण्डफिल साइटमा फोहोर खसाल्न थालेको हो ।

शुक्रबार विहान भएको छलफलमा शहरी विकासमन्त्रीले प्रतिवद्धतापत्र सार्वजनिक गर्ने बाचा गरेकी थिइन् भने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत लगायतका नेताहरुले पनि संघर्ष समितिको माग सम्बोधनका लागि गम्भीर पहल गर्ने आश्वासन दिएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले बताए ।

भन्छन्, ‘हामीले संघर्षका कार्यक्रम स्थगित गरेका छौं ।’

 

0Shares
Advertisment