विश्वकप गोल्डेन बुटको दौडमा एमबाप्पे, मेस्सी र जिरोड

0Shares

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने गोल्डेन बुटको दौडमा तीन जना खेलाडी प्रतिस्पर्धाको बलियो पोजिसनमा देखिएका छन्।

सेमिफाइनल पुगेको फ्रान्सका दुई खेलाडी र अर्जेन्टिनाका एक खेलाडीबीच एक जनाले गोल्डेन बुट जित्न सक्ने बलियो सम्भावना देखिएको छ।
फ्रान्सका केलियन एमबाप्पे ५ गोल र दुई असिस्टसहित शीर्षस्थानमा छन्। दोस्रो स्थानमा रहेका अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको नाममा ४ गोल र २ असिस्ट छ।

यस्तै फ्रान्सकै ओलिभर जिरोडले पनि ४ गोल गरेका छन्। सेमिफाइनल पुगेको अर्को टोली मोरक्कोका सर्वाधिक गोल गर्ने खेलाडी रहेका युसेफ एन नेस्रीको नाममा २ गोल रहेको छ। शनिबार भएको खेलमा एमबाप्पेले गोल गर्न नसकेपछि तीन खेलाडीबीच बलियो प्रतिस्पर्धा देखिएको हो।

जिरोडले गोल थप्दै एमबाप्पेसँगको अन्तर घटाए। यसअघि मेस्सीले पनि क्वाटरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध गोल गरेका थिए।

0Shares
Advertisment