शेयर बजार किन बढ्न सकेन ?

0Shares

लगानीकर्ताको मनोबल अहिले एकदम कमजोर छ । ५१ वटा कम्पनीको ‘लिष्ट’ ल्याउने काम भयो, त्यहादेखि नै लगानीकर्ता अलि तर्सन सुरु गरेका हुन् ।

त्यसपछि मौद्रिक नीति आयो । त्यसमा ४/१२ नीति ल्याउने काम भयो । त्यसपछि पुनः पहिलो त्रैमासिकको मौद्रिक नीतिको समीक्षा भयो । त्यसमा पनि शेयर बजारमा नकारात्मक बिषयहरु मात्र आए । त्यसैगरी,दोस्रो त्रैमासिकको मौद्रिक नीति आयो, त्यसमा पनि शेयर बजारलाई कस्ने नीति मात्र आए ।

लगानीयोग्य पुँजी (तरलता)को समस्या आयो । त्यसपछि निक्षेपसँगै कर्जाको ब्याजदर बढ्न पुग्यो ।

पत्रपत्रिकादेखि सामाजिक सञ्जाल समेतमा नकारात्मक कुराहरु मात्र आए । त्यही कुरा अरुलाई पनि शेयर गर्न थालियो ।

यस्ता कारणले लगानीकर्ताहरुको ‘मास साइकाेलाेजी’ कमजोर भएर गयो ।

शेयर लगानीकर्ताले ‘सर्पोट’ पाएनन् । लामो समय लगानीकर्ताले अभिभावक पाएनन् । दुवै नियमाकीय निकायमा ८–९ महिना खाली भयो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पछिल्लो पटक निलम्बित गए । नियामकीय निकायमा बस्ने व्यक्तिहरु कारवाहीमा पर्दा लगानीकर्ता खुशी भएका छैनन् ।

तर, नियमाकीय निकायमा बस्ने व्यक्ति नियामक नभएर ‘कन्ट्राेलर’ भएर काम गरेका छन् । बिभिन्न पार्टीसँग नजिक भएर काम गरिरहेका छन् । कुनै नियमकीय निकायमा बस्ने व्यक्तिले पार्टीलाई फाइदा पुर्याउने काम गरेका छन् त कुनैले आफ्नाे व्यक्तिगत फाइदालाई हेरेर काम गर्न पुगे ।

नेपाल धितोपत्र बोर्डमा बस्नेले व्यक्तिगत फाइदा हेर्न पुगे भने राष्ट्र बैंकमा राजनीतिक कुरा घुस्यो । यस्ता कुराले लगानीकर्ताले आत्मविश्वास बढाउन सकेका छैनन् ।

गभर्नर निलम्बित भएपछिको पहिलो कारोबार दिन सोमबार बजार अलिकति बढ्ला कि भन्ने लागेको थियो । सोमबार शेयर बजार बढ्ने अपेक्षा मैले गरेको थिए । बढ्नुको सट्टा उल्टो ४४ अंकले घट्न पुग्यो ।

गभर्नर निलम्बित सँगै बैंकहरुले बैशाखमा पनि निक्षेपको ब्याजदर नबढाउने कुरा आएका छन् । यो पनि सकारात्मक कुरा हो ।

यसभन्दा अघि पनि निक्षेको ब्याजदर नबढाउने भन्दा नेप्से १०१ अंकले बढेको थियो । अहिले पनि बैशाखमा निक्षेपको ब्याजदर नबढाउने भन्दा पनि शेयर बजार बढ्न सकेन् । अहिले पनि लगानीकर्ताको ‘मास साइकोलोजी’ एकदम कमजोर भएको छ ।

लगानीकर्तालाई अभिभावकत्व कहीँबाट पनि प्राप्त भएन् । न प्राटिकल फिल्ड न त नियामकीय निकायबाट नै लगानीकर्ताले अभिभावकत्वको अनुभव गरे ।

खाली कुरा मात्र गर्छन् । ‘एक्सन’ मा केही पनि आएको देखिदैन् । सबै ‘क्लाउडी र अन सटेन’ का कुरा मात्रै आए ।

आगामी बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचको घोषणा भएको छ । त्यतिबेला बजार बढ्नु पर्ने थियो ।

निर्वाचन होला भन्ने निश्चितता थिएन् । त्यसपछि एमसीसीको कुरा आयो । त्यसबेला पनि संसदमा बिरोध भयो । अन्त्यमा जबरजस्त रुपमा एमसीसी पारित भयो ।

त्यसैगरी बीमा समितिले बीमा कम्पनीको पूँजी बृद्धिको कुरा ल्यायो । जीवन बीमा कम्पनीको ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे २ अर्बको चुक्ता पुँजी हुनु पर्ने व्यवस्था ल्यायो । त्यो पनि अझै बोनस, हकप्रद वा मर्जर र एक्जिसन हो कि के हो ? कसरी पुर्याउने कुनै खाका तयार भएको छैन् ।

कुनै पनि चुक्ता पूँजी बृद्धिमा पनि अनिश्चितताको कुरा भएको छ । यी माथि उल्लेखित तीन कुरा सकारात्मक भएपनि पूँजी बजारले ‘एसेप्ट’ गरि दिएन् ।

नेपालमा मात्र होइन्, संसारका कुनै पनि मुलुकमा पनि वास्तविक कुरा भएपनि हुन्छ वा हुँदैन भन्ने अनिश्चित भएको बेलामा शेयर बजारले त्यसलाई स्वीकार गर्दैन ।

कालो बादलहरु पूँजी बजारले ‘एसेप्ट’ गर्दैन् । चैत महिनादेखि ब्याजदर बढ्दैन भन्ने निश्चित भएकाले त्यसबेला १०१ अंकले बजार बढेको हो ।

तर, मास साइकोलोजी कमजोर भएको र यो सबै कुराले गर्दा बजार सुधारले लामो समय लिन सकेन् । आज ब्याजदर पनि नबढ्ने र गभर्नरको निलम्बनको कुरा त पुँजी बजारका लागि धेरै सकारात्मक कुरा हो ।

निश्चितता नभएका कारणले बजार बढ्न सकेन् । ब्याजदरको कुरा त निश्चिता नै थियो । तर, बजार बढ्न सकेन् ।

लगानीकर्ता डराएको र संयमित भएको अवस्था हो । फ्याट्ट किनो फेरि भाउ १० अंकले बढेर भ्वार्र् घट्यो भने के गर्ने भनेर लगानीकर्ताहरु ‘पख र हेर’ को स्थितिमा बसिरहेका छन् ।

आज (सोमबार) को नेप्से हेर्ने हो भने ४०–४५ अंकले बढेर फेरि ४०–४५ अंकले घट्नु भनेको ९० अंक जतिको ‘फ्लक्चुएसन’ हो । यो भनेकोे धेरै ‘भोलाटाइल’ हो । यसको अर्थ लगानीकर्तामा विश्वास छैन् ।

तर, तरलता अलिकति बढ्ला, राष्ट्र बैंक र अर्थमन्त्रालय पनि लगानीयोग्य रकम कसरी बढाउन सकिन्छ भन्नेमा लागेको छ । एक दुईवटा राम्रो कुरा आइदिए भने यसले ‘पुस’ गर्छ । बजार त बढ्ने नै हो ।

अहिले जतिसुकै कमजोर भए पनि, जसले तर्साए पनि धेरै मानिसले पैसा लिएर बसिरहेका छन् । बजार बढनमा गभर्नरको मात्र कुरा नभएर तरलताको अभावको पनि कुरा छ । लगानीयोग्य रकम बजारमा नभएकोले शेयर बजार सुस्ताएको हो ।

तरलताको अभावको चपेटामा सबैजना परिरहेका छन् । त्यसकारणले तरलता अलिकति सहजता हुँदा बित्तिकै बजार माथि जान्छ । बैंशाखमा तरलता अलिकति सहज होला कि ?

आयातमा प्रतिबन्ध लगाएकोले बैशाखमा तरलताको अभाव कम हुने अनुमान गरिएको छ । त्यसपछि चुनावी खर्च आदि इत्यादीका कुरा पनि छन् । विदेशबाट आउने रकम रेमिट्यान्स आउने सम्भावना बढेको छ । हुन्डीबाट आउने सम्भावना छैन् ।

आयातमा पनि प्रतिबन्ध लगाइएकोले पैसा बाहिर जान रोकिने सम्भावना देखिएको छ । राष्ट्र बैंकले पनि विदेशबाट हुन्डीमार्फत आउने रकममा केही सहुलियत दिने कुरा आइरहेको छ ।

यी कुराले गर्दा पुँजी बजार अलि राम्रो हुने देखिन्छ । लगानीकर्ता आतिनु हुँदैन् । लगानीकर्तालाई अहिले शेयर बिक्री गर्ने समय होइन् । युरोप अमेरिकातिर ‘रेड जोन’ मा शेयर किन्छन् र ‘ग्रीन’ जोनमा मात्रै बिक्री गर्छन् ।

वारेन वफेटले पनि भन्छन् ‘यु अलओयज इन्भेष्ट इन रेड जोन सो द्याट यु इन्जोइ ग्रिन जोन’ । त्यसकारण अहिले शेयर बिक्री गर्ने होइन् । लोन लिएर त भन्दिन् आफ्नो पैसा हुनेले त मज्जाले अफ्नो पैसा लिएर शेयर किन्ने हो । राम्रा राम्रा कम्पनी १५ देखि २० प्रतिशत भन्दा कम पीइ रेसियो भएका कम्पनीको शेयर किन्दा हुन्छ ।

अहिले बैंकहरु १५ भन्दा तल छ । माइक्रोफाइनान्स, वित्त कम्पनीको पनि त्यतिकै छ । लगानी गर्ने समय हो ।

केही समयका लागि मनोबल दह्रो बनाएर यो कम्पनीमा लगानी गर्छु भन्यो भने राम्रो हुन्छ । अब मौद्रिक नीतिको तेस्रो त्रैमासिक प्रतिवेदन पनि आउँछ । त्यसमा पनि केही राम्रै होला ।

0Shares
Advertisment