जापानको बजारमा “बाजे” ले दियो नेपाली स्वाद

0Shares

जापान । मीठो, नाम चलेको र जिब्रोमा झुण्डिने पकवानको स्वाद चाख्न मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जाने क्रम पछिल्लो समय बढ्दो छ । विश्वका कतिपय देश त खाना पर्यटनकै कारण पनि चिनिएका छन् । घुमघामले जीवनशैली, संस्कृतिका साथै खानेकुराको प्रवर्द्धन गरिरहेको हुन्छ ।
जापान पनि थरिथरि स्वाद र खाना पर्यटनकै कारण विश्व बजारमा चिनिएको छ ।
यसै सेरोफेरोमा एक महिनादेखि सञ्चालनमा आएको रेस्टुरेन्ट “बाजे” ले जापानको बजारमा बहार ल्याएको छ । “बाजे” नागोयाको हिसायाडोरी स्टेशन नजिकै छ ।
सन् २००८ सम्म जापानमा नेपाली रेस्टुरेन्ट भेट्टाउन मुस्किल पथ्र्यो । नेपाली परिकारको स्वाद लिन मन लागे इन्डियन रेस्टुरेन्ट जानुपर्ने बाध्यता थियो । तर, अहिले समयले कोल्टे फे¥यो । नेपालीको जनघनत्व बढी भएको नागोया शहरमा पनि नेपाली रेस्टुरेन्ट भेट्न कुनै कठिनाइ छैन । यही भीडमा आफ्नो छुट्टै पहिचान र स्वाद लिएर प्रवेश गरेपछि जापानी, यहाँ आएका विदेशी र स्वयम् नेपाली समुदायहरुमा माझमा बाजे लोकप्रिय बन्दै गएको यसका सञ्चालक चिरञ्जिवी सिग्देलको भनाई छ ।


नेपाली तथा इण्डियन खाना खाने पारखीहरुका लागि “बाजे” ले सेवा दिने संचालक चिरञ्जीवी सिग्देलले बताउनुभयो ।
जापानमा नेपालीले चलाएका रेस्टुरेन्ट बढ्दै गएका छन । यही क्रममा “बाजे” ले नया स्वादसहित ग्राहकहरुलाई सेवा दिन लागेको संचालक सिग्देलको भनाई छ ।
“जापानको रेस्टुरेन्ट व्यवसायमा मेरो २५ वर्षको अनुभव छ । मेरो पछिल्लो अनुभव बाजेमा हुनेछ ।”– उहाले भन्नुभयो ।।
“बाजे” मा हाल सबै नेपाली कामदारहरुले नै सेवा दिएका छन् ।
नेपाली पहिचानसहित जापानमा रहेका नागरिकलाई सेवा दिन पाउनुले आफूलाई गर्व लागेको सिग्देलको भनाई छ ।
अघिल्लो महिनाबाट संचालनमा आएको बाजेमा उल्लेख्य रुपमा ग्राहकहरु आएपछी यस क्षेत्रमा अझ राम्रोसङ्ग काम गर्नका लागि हौसला मिलेको उहाले बताउनुभयो ।
यो व्यावसाियक सफलतासँगै नागोया क्षेत्रका व्यवसायी, समाजसेवी र आफ्नतहरुले “बाजे” मा पुगेर शुभकामनासहित सल्लाह सुझाव व्यक्त गरिरहेका छन् ।
गत वर्ष जापानको खानसाई विश्वविद्यालयका एक प्रोफेसरले नेपाली रेस्टुरेन्ट सम्बन्धी गरेको अनुसन्धानलाई हेर्ने हो भने जापानभर ५ हजार ७०० नेपाली रेस्टुरेन्ट सञ्चालनमा छन् ।
नेपालीको संख्या बढेसँगै अहिले धेरै जापानिज नेपाल र नेपालीको बारेमा जानकार छन् ।
बाजेका सञ्चालक सिग्देल भन्नुहुन्छ ‘अहिले म नेपाली नाममा, नेपाली खाना विदेशीलाई खुवाइरहेको छु ।’
“बाजे” मा पुग्न नागोयाको सव वे नेटवर्क प्रयोग गरि साकुराडोरी र मेइजो लाइनमार्फत हिसायाओडोरी स्टेशनमा ओर्लनु पर्छ । यसपछी Exit 2 मा पुग्नेवित्तिकै बाजे देखिनेछ ।

 

 

0Shares
Advertisment