आठौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट

0Shares

काठमाडौं । आठौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने भएको छ । प्रदेश ५ मा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुहुने राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ। उद्घाटन समारोहमा प्रदेशैपिच्चेका खेलाडीको मार्चपास, सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुत गरिनेछ।

यस्तै, प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । समापन समारोहमा नवौँ राष्ट्रिय खेलकुदको मिति र स्थानसमेत घोषणा हुने राखेपले जनाएको छ। प्रतियोगिताका खेल भने यही चैत २७ गतेदेखि शुरु हुनेछन्। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएन) गरी ११ टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडीको प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।

0Shares
Advertisment