फाइनल जित्नेले २० कराेड भारू पाउने

0Shares

नयाँ दिल्ली । चेन्‍नई सुपरकिङ्स र मुम्बई इण्डियन्सबीच इण्डियन प्रिमियर लीग (आईपीएल) को फाइनल खेल हुँदैछ।

उपाधिका लागि आज बेलुका ७ बजेर ४५ मिनेटमा हैदराबादको राजिव गान्धी स्टेडियममा चेन्नाई सुपर किंग्सले मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा गर्दैछ । अहिलेसम्म यी दुबै टिमले समान तीन–तीन पटक आईपीएलको उपाधि जितिसकेका छन् ।

आजको फाइनल जगन टिमले जित्छ उसले २० करोड भारतीय रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने टिमले साढे १२ करोड प्राप्त गर्नेछ । अघिल्लो वर्ष चेन्‍नईले सनराइजर्स हैदराबादलाई हराएर विजेता बनेको थियो। यस पटक लगातार तेस्रो पटक विदेशी ब्याट्सम्यानलाई ओरेन्ज क्याप दिइनेछ। डेभिड वार्नरले यो सिजनको १२ खेलमा ६९२ रन बनाएका छन्। त्यसपछि पञ्जावका लोकेश राहुलले ५९३ रन बनाएका छन् ।

फाइनल खेल्ने खेलाडीमा सबैभन्दा धेरै रन महेन्द्र सिंह धोनीको नाममा छ। उनले १४ खेलमा ४१४ रन बनाएका छन् । उनी वार्नर भन्दा २७८ रनले पछि छन्।

0Shares
Advertisment