काठमाडौं चिहाउने झ्याल

0Shares

काठमाडौं- झ्याल अर्थात जस्केलो एउटा त्यस्तो सानो द्वार हो, जहाँबाट बाहिरको फराकिलो संसार चिहाउन सकिन्छ ।

बढ्दो आधुनिकतासँगै घरका झ्यालहरु विगतका भन्दा कलात्मक हुन छाडेका छन् । तर, पुराना घरका काठबाट बनेका झ्यालहरु अति नै कलात्मक एवं आकर्षक हुने गर्दथे ।

काठमाडौं उपत्यका कला र संस्कृतिमा असाध्यै धनी मानिन्छ । यहाँका पुराना घरका झयालहरु अत्यन्तै कलात्मक छन् । काठमाडौं आफैंमा काष्टमण्डप एवं काष्ठ कलासँग जोडिएको नाम हो ।

काठमाडौंका पुराना मन्दिर र दरबारहरु मात्र होइन, व्यक्तिका निजी घरमा समेत कलात्मक काष्ठकला देख्न पाइन्छ । यहाँ हामीले काठमाडौंको पुरानो वस्ती एवं कोर एरियाका केही घरका झ्यालहरुको तस्बिर पाठकसमक्ष प्रस्तुत गरेका छौं ।

0Shares
Advertisment