प्रवासी नेपाली मञ्चको भौतिक बैठकको तयारी पूरा

0Shares

मलेसिया, माघ २६ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको भौतिक बैठकको तयारी पूरा भएको छ । बैठकका लागि मञ्चका अध्यक्ष सञ्जय थापा र इञ्चार्ज तथा नेकपा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईसहित सवै पदाधिकारी तथा सदस्यहरु मलेसिया आइपुग्नुभएको छ ।

शनिवार र आइतवार मलेसियाको क्वालालम्पुरमा हुन गइरहेको बैठकले बिशेष निर्णय लिनेछ । बैठकका लागि अध्यक्ष थापा फेब्रुअरी ८ तारिक मलेसिया आइपुग्नु भएको हो । अध्यक्ष थापा अमेरिकाबाट सिंगापुर हुँदै मलेसिया आइपुग्नु भएको हो ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीमा अध्यक्ष थापासहित प्रथम अधिवेशनबाट निर्वाचित र मनोनीति गरी ३७ सदस्यीय कार्यसमिति रहेको छ । बैठकमा सवै पदाधिकारी तथा सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।

बैठकमा पदाधिकारी तथा सदस्यहरुलाई तोकिएको जिम्मेवारीअनुसार काम भए–नभएको समिक्षासहित संगठन बिस्तारदेखि नेताहरुको कार्यबिभाजनको बिषयमा छलफल हुने अध्यक्ष थापाले जानकारी दिनुभयो । बैठकले एक ब्यक्ति एक जिम्मेवारीको नीतिलाई कडाईका साथ कार्यान्वयनमा लैजाने गरी बिशेष निर्णय गर्ने जानकारी पनि अध्यक्ष थापाले दिनुभयो ।

प्रथम अन्तराष्ट्रिय सम्मेलनपछि पहिलो पटक बस्न लागेको भौतिक बैठकले केन्द्रीय कार्यालयको प्रतिवेदनसहित सदस्यहरुले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गरी आवश्यक निर्णयसमेत लिने प्रचार बिभाग प्रमुख चानक पोखरेलले बताउनुभयो । उपसचिव पोखरेलले मलेसिया बैठकले प्रवासी नेपालीहरुको हितमा बिशेष निर्णय लिने जानकारी पनि दिनुभयो ।

बैठकका लागि सवै तयारी पूरा भइसकेको र अतिथि ब्यवस्थापनको कामसमेत सकिएको प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमालले जानकारी दिनुभयो । मलेसिया बैठकको क्रममा अध्यक्ष थापासहितका टोलीले मलेसियास्थित नेपाली श्रमिकसँगसमेत छलफल गर्ने कार्यक्रम तय भएको छ । यसैगरी अइतवार बृहत साँगितिक कार्यक्रमसमेत रहेको छ ।

0Shares
Advertisment