ईपीएस कोरिया भाषा परीक्षा आजबाट

डेढ लाखभन्दा बढी सहभागी हुँदै

0Shares

काठमाडौं । ईपीएस कोरिया भाषा परीक्षा फागुन ७ गतेदेखि सञ्चालन गरिने भएको छ ।

ईपीएर कोरियाको ‘मेन्युफ्याक्चरिङ सेक्टर’ तर्फको भाषा परीक्षा यही फागुन ७ (सोमबार) देखि सुरू गर्न लागिएको हो । हालसम्मकै उच्च १ लाख ६३ हजार ६३५ जनाको आवेदन परेकोले परीक्षा तीन चरणमा हुने भएको हो ।

ईपीएस कोरिया शाखाका अनुसार बिहान साढे ९ बजे, बिहान ११ बजे दिउँसो १ र ३ बजे साथै अपरान्ह ४:१० बजे गरी पाँच सिफ्टमा परीक्षा सञ्चालन गरिनेछ ।

पहिलो चरणमा ४७ हजार ५१९ जनाको परीक्षा लिइने छ । अप्रिल ५ अर्थात् चैत २२ गते समाप्त हुनेछ ।
२०८१ वैशाख ३१ गतेदेखि हुने दोस्रो चरणको परीक्षामा ७९ हजार ९३७ जना सामेल हुने छन् । प्रत्येक दिन २ हजारसम्म परीक्षार्थी सहभागी गराउँदा जुलाई ३० (साउन १५) सम्म दोस्रो चरणको सञ्चालन गरिने तयारी छ । त्यस्तै तेस्रो चरणको परीक्षा नोभेम्बर ११ (कात्तिक २६) देखि सुरू गरेर डिसेम्बर १५ (२०८१ मंसिर ३०) सम्म सञ्चालन गर्ने तयारी छ । यो चरणमा ३६ हजार १७९ जना सहभागी हुनेछन् ।

परिक्षा हुनुभन्दा १ दिनअघि आफ्नो सिफ्टअनुसार ईपीएस कोरिया शाखा ग्वार्कोमा ‘बायो मेट्रिक्स रजिस्टर/ फिङगर प्रिन्ट’ दर्ता गराउनुपर्ने कार्यालयले जनाएको छ ।

0Shares
Advertisment