हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (HIDCL) अर्थात एचआईडिसिएलले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांस वितरण गर्ने घोषणा गरेको छ। सो लाभांश पारित गर्न कम्पनीले पुस २६ गते एघारौँ वार्षिक साधारण सभा बोलाएको छ।

नेपाल सरकारबाट स्वीकृती प्राप्त गरी साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।v



