‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या ४० लाख नाघ्यो, डिम्याट खाता खोल्ने ४८ लाख ९५ हजार २१

0Shares

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्न आवश्यक ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या ४० लाख नाघेको छ।

सीडीएससीका अनुसार मेरो सेयर प्रयोगकर्ताको संख्या ४० नाघेको छ। सीडीएससीको मंगलबारसम्मका तथ्यांक हेर्ने हो भने मेरो सेयर प्रयोगकर्ताको संख्या ४० लाख २१६ पुगेको छ।

‘मेरो सेयर’ सेयर कारोबारका लागि अनिवार्य रहेको छ। सेयर बेचेपछि प्रयोगकर्ताले मेरो सेयरमार्फत आफूले बेचेको सेयर ईडीआईएस (सेयर हस्तान्तरण) गर्नुपर्छ।

यसैगरी लामो समयपछि नेपाल धितोपत्र बोर्डले आधा दर्जन कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएसँगै डिम्याट अकाउन्ट खोल्नेको संख्या पनि दैनिकजसो बढिरहेको छ।

प्राथमिक बजारमा आईपीओ खरिदका लागि डिम्याट अकाउन्ट अनिवार्य रहेको छ। मंगलबारसम्म डिम्याट अकाउन्ट खोल्नेको संख्या ४८ लाख ९५ हजार २१ पुगेको सीडीएससीले जनाएको छ।

0Shares
Advertisment