स्वर्ण महोत्सव मनाउँदै चितवन राष्ट्रिय निकुञ्ज

0Shares

नेपालको जेठो निकुन्ज चितवन राष्ट्रिय निकुञ्ज पचास वर्षमा प्रबेश गर्दै छ।  यही खुसीयालीमा निकुन्ज ले स्वर्ण महोत्सवको तयारी गरिरहेको छ। आगामी असोज ४ गते निकुन्ज परिसर कसरामा भव्य कार्यक्रम गरी महोत्सव मनाउन लागिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।महोत्सवमा स्मारिका प्रकाशन गर्ने, स्वर्ण स्तम्भ अनावरण गर्ने, मध्यवर्ती क्षेत्रका बोटे, कुमाल, थारू ,गुरुङ, मगर,तामाङ,दरै आदि   समुदायको संस्कृति प्रदर्शन जस्ता कार्यक्रमहरु आयोजना गरिने तिवारी ले जानकारी दिए । एक दिनको कार्यक्रममा थप अरु बिषेश बिषय जोड्ने बारे छलफल भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र  आचार्यले बताए।

२०३० असोज ४ गते स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज ९५२.६३वर्ग कि. मि. फैलिएको छ। सन् १९८४ मा विश्व सम्पदा सूचीमा सूचीकृत यस निकुञ्जमा एक सिंगे गैंडा, पाटे बाघ, घडियाल लगायतका लोपोन्मुख जनावरहरुको  संरक्षण गरिएको छ। संरक्षण मा गरिएको प्रयास स्वरुप यस निकुञ्जमा हाल पाटे बाघको संख्या १२८ र गैँडा को संख्या ६९४ पुगेको छ। पछिल्लो ११ महिना यता चोरी शिकारी बाट गैँडा मारिएका छैनन्।

0Shares
Advertisment