देशको अवस्था एयरपोर्टमा विदेशिने युवाको ताँतीले बताउँछ : माधव नेपाल

0Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको अवस्था एयरपोर्टमा गएर हेर्नुपर्ने बताएका छन् । आज ९बिहीबार० प्रतिनिधिसभामा सम्बोधन गर्दै एयरपोर्टमा विदेश जाने युवाको ताँतीले देशको अवस्था प्रस्ट पार्ने उनले बताए ।

जेवी टुहुरेको गीत ‘लाहुरे हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ’ बेलोको गीत सम्झँदै उनले भने, ‘ जब हामी एयरपोर्टमा जान्छे जानेहरूको ताँती देख्छौँ । ती जानेहरूको परिवारको हाल देख्दा हाम्रो मन रुन्छ । वास्तवमामा देशको अवस्थालाई हेर्नु छ भने एयरपोर्टमा गएर विदेश जाने युवाको ताती देख्यौँ भने थाहा हुन्छ ।  उनीहरूले ऋण काडेर विदेश जान गर्दछन् । र, विदेशमा उनीहरूले कसरी चलाइरहेको छन् भन्ने कुरालाई सम्झँदा पुग्छ ।’

अध्यक्ष नेपालले अहिले प्रत्येक क्षेत्रमा एक जना असल मान्छे चाहिएको पनि बताए । र, ती असल मान्छेको खोजी गर्नुपर्ने बताए ।

0Shares
Advertisment