काङ्ग्रेस, एमाले र माओवादीको सिण्डिकेट कायमै

0Shares

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् ठूला भनिएका तीन दल बाहेकका लागि अनुदार रहेको र उनीहरुको सिण्डिकेट रहेको आरोप लगाएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ठूला भनेका दलको सिण्डिकेट संसद्‍मा लादिने काम भएको उल्लेख गरे । संसद्‍मा दर्ता भएका संकल्प प्रस्तावहरु छलफल नचलाउँदा असान्दर्भिक हुन पुगेकोप्रति उनले संसद्को ध्यानाकर्षण गराए । उनले नागरिक र सरोकारवालको सुझाव नलिइ बनाउने प्रवृत्तिका कारण कानूनहरु राम्रो बन्न नसकेको दाबी  गरे ।

‘ठूला भनेका दलको सिण्डिकेट लादिने यो संसद्‍मा संकल्प प्रस्ताव कार्यसूचीमै चढ्न सकेन । बेलैमा छलफल नचलाउँदा ती प्रस्ताव अहिले असान्दर्भिक भएका छन् । तर समस्याको दीर्घकालीन समाधानको लागि प्रस्ताव ढिलो चाँडो छलफल चलाउनै पर्छ’ सभापति लामिछानेले भने ।

संसद्ले सत्ता पक्षको बहुमतको बलमा कानुन बनाउँदा जनताको राय लिने स्वभाविक प्रक्रियालाई निरुत्साहित गरिएको उनले बताए । ‘कानुन बनाउँदा राय लिउँ भन्दा बहुमतको बलमा पेलिँदो रहेछ । यो संसद् ठूला भनिएका तीन दलहरू बाहेकका लागि अनुदार छ ।’

0Shares
Advertisment