जेल बस्न मन लागेकैले रेलको लिगमा धकेलेर टोकियोमा हत्या प्रयास

1Shares

जापान / टोकियोमा ट्रेनको यात्रा गर्नेहरु,प्लाटफर्ममा ट्रेन चढ्ने बेला ख्याल गर्नुहोस् । अन्जान व्यक्तिले पछाडीबाट ट्रेनको ट्र्याकमा धकेलिदिन पनि सक्छ । हालै टोकियोमा एउटा यस्तै घटना घटेको छ।

शनिबार टोकियोको मिनातो वार्डको जेआर शिनागावा स्टेशनमा ६० वर्षकी एक महिलालाई रेल ट्र्याकमा धेकेलोको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ। ती महिला दिउँसो १ः३० बजे जेआर तोकाईदो लाइनको प्लेटफर्ममा अगाडिको लाइनमा उभिएकी थिइन् । त्यहि समयमा उनलाई अचानक रेलको ट्रयाकमा धेकेलिदिएको थियो।

उनलाई आउँदै गरेको रेलले अलिकति ठक्कर दियो र टाउकोमा चोट लाग्यो तत्काल उद्दार गरि अस्पताल पठाइएको उनको अवस्था स्थिर रहेको बताइएको छ ।

उनलाई धकेल्ने व्यक्ति, ओसाका प्रिफेक्चर, तोन्दाबायासीको ३९ वर्षीया व्यक्तिलाई पछि महानगरीय प्रहरी विभागको ताकानावा पुलिसले हत्या प्रयासको आशंकामा पक्राउ गरेको योमिउरीले जनाएको छ।

प्रहरीका अनुसार ती व्यक्तिले ती महिलालाई कहिल्यै भेटेका थिएनन् तर,आफू मृत्यु नहुँदासम्म जेलमा बस्न चाहेकोले आफूले उनलाई धकेलेको बयान दिएको बताईएको छ। ति व्यक्ति आपराधिक रूपमा जिम्मेवार छन् कि छैनन् भनेर प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ।

जेआर ईस्टका अनुसार महिलालाई ठक्कर दिने तोक्काईदो लाइन ट्रेनले आफ्नो सञ्चालन रद्द गर्नुपरेको थियो। उक्त घटनाका कारक्ष ९ वटा रेल ६५ मिनेटसम्म ढिलो भएको थियो, जसबाट करिब ८,००० मानिस प्रभावित भएका थिए।

1Shares
Advertisment