जापानमा भिजिट भिसामा आएका नेपाली दम्पतीको कारको ठक्करबाट निधन

1Shares

ओकिनवा/जापान। जापानमा रहेका आफ्ना छोरा/बुहारी तथा नातीसंगको भेटघाट तथा भ्रमणमा आएका नेपाली दम्पतीको ओकिनवामा कारको ठक्करबाट दुखद निधन भएको छ।

नेपाल रुकुम पश्चिम घर भएका बिष्ट दम्पती ओकिनवामा बस्दै आएका आफ्ना छोरा भुपाल विष्ट तथा बुहारी र भर्खरै जन्मिएका नातीको मुख हेर्न २ महिना अघि मात्रै जापानको ओकिनवा आइपुगेका थिए।

जापानी समाचारहरुका अनुसार,शनिबार साँझ करिब ५ः२० बजे उरासो सहरको मियागीस्थित राष्ट्रिय रुट ५८ मा गिनोवान सहरबाट नाहा तर्फ जाँदै गरेको कारले हिँडिरहेका दुईजना पैदलयात्रीलाई ठक्कर दिएको थियो । पैदलयात्री दुबै जनालाई अचेत अवस्थामा अस्पताल पुर्याएको थियो, तर उनिहरुलाई बचाउन सकिएन ।

जापानी संचार माध्यमहरुमा पुर्ण विवरण नखुलाईएता पनि ओकिनवाबाट यस घटनालाई नजिकबाट बुझेका स्रोतका अनुसार,उनिहरु दुबै जना नेपाली नागरिक रहेको र आफ्ना सन्तान भेट्न आएका दम्पती भएको पुष्टि भएको हो ।

उरासो स्थित प्रहरीले लापरवाही सवारी चलाई चोट पटक लागेको आरोपमा घटनास्थलबाटै कार चालक ८० वर्ष उमेर समुहकी एक महिलालाई पक्राउ गरेको थियो । र पछि दुबै जनाको ज्यान गएपछि, प्रहरी चौकीले लापरबाहीले सवारी चलाउँदा मृत्यु भएको आरोपमा, अनुसन्धान अगाडि बढाएको उल्लेख गरिएको छ। सवारी चालक वृद्धा महिलालाई भने चोटपटक लागेको छैन ।

1Shares
Advertisment