असुरक्षित रोजगारमा नेपालीको भीड

0Shares

सरकारी तथ्यांक अनुरूप हरेक वर्ष आन्तरिक श्रम बजारमा पाँच लाख युवाहरू आउने गर्छन्। तर सरकारले गरी खाने ठाउँ दिन नसक्दा विकल्पको रुपमा वैदेशिक रोजगारीमा जान ती युवा वाध्य छन्। तर विदेशको रोजगारी न सहज छ र न सुरक्षित।

वाध्यात्मक रोजगारीको उपमा पाएको वैदेशिक रोजगारीलाई अपनाउने क्रममा पहिलो चरणबाटै पीडित हुन थाल्छन्। आकर्षक प्रलोभन देखाएर विदेश पठाउने एजेण्टहरूमा गाउँ तथा सहरबजार तिर छ्यापछ्याप्ती फैलिएका छन्। उनीहरू कै आड र भरोसामा गाउँबाट सहरमा आइपुग्छन् र ठगिन्छन्, जेनतेन विदेशमा पुगे भने त्यहाँ अलपत्र पर्छन्।

कञ्चनपुर वैवाहा–३ का जम्ल्याहा दाजुभाइ राम चौधरी र लक्ष्मण चौधरी पनि विदेश पठाउने नाममा लाखौं रुपैयाँ ठगिएका मध्येका हुन् । विदेश पठाउने नाममा उनीहरूबाट ४० लाख रुपैयाँ ठगियो। यस्तैनुवाकोट मेगाङका ४० वर्षीया धनमाया तामाङ र ३६ वर्षीया कामी लामालाई समेत विदेश पठाउने नाममा ९ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरियो। मासिक सयौँ ठगीका उजुरी लिएर युवाहरू वैदेशिक रोजगार विभाग तथा प्रहरीकोमा पुग्ने गरेका छन्। विदेश पठाउने नाममा हुने ठगी रोक्न समेत सरकारलाई कठिन भइ सकेको छ।

ठगी भन्दा पनि भयावह छ वैदेशिक रोजगारीमा हुने मृत्यु।  वैदेशिक रोजगारीको नाममा भएको मृत्युलाई रोक्न सरकारले ध्यान पनि दिएको छैन। यसले गर्दा हरेक वर्ष सयौँ नेपालीहरूले युवाहरूले वैदेशिक रोजगारीको नाममा विदेश र स्वदेशमा मृत्युको मुखमा पुगिरहेका छन्। वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकको पहिचान बनाएको खाडीका छ राष्ट्रहरू कतारसाउदी अरबसंयुक्त अरब इमिरेट्स (युएइ) कुवेत र बहराइन तथा मलेसियामा सबैभन्दा बढी युवाहरूले ज्यान गुमाइरहेका छन्।

श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांक अनुरूप साउदी अरब ३६८कतार २७१संयुक्त अरब इमिरेटस (यूएइ)  १८७कुवेत ५५ बहराइन २३  र ओमन १३ जना युवाहरूले ज्यान गुमाएका छन्। त्यस्तै मलेसियामा ३८८ जनाले युवाहरूले ज्यान गुमाएका छन्।

सरकारी तथ्यांक अनुरूप सबैभन्दा धेरै साउदी अरबमा युवाहरूले ज्यान गुमाएका छन्। त्यसपछि समग्रमा कतारयुएइकुवेतबहराइन लगायतका मुलुकमा युवाहरूले ज्यान गुमाएका छन्। वैदेशिक रोजगारीको क्रममा युवाहरूले खाडी मुलुकबाहेकका अन्य मुलुकमा समेत ज्यान गुमाएका पनि त्यहाँको तुलनामा कम नै छ। मलेसियामा पनि नेपाली युवाहरूको लागि असुरक्षित हो। हालसम्म चार हजार भन्दा बढी युवाहरूले मलेसियामा ज्यान गुमाई सकेका छन्।

राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूले युवाहरूको वैदेशिक रोजगारी सुरक्षित नरहेको बताउँदै आए पनि सरकारले त्यसलाई वेवास्ता गर्दै आएको छ।  अन्तर्राष्ट्रिय संघ संस्थाहरूले पनि आप्रवासी कामदारहरूको लागि खाडीका ६ मुलुक र मलेसिया असुरक्षित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ। तरनेपाल सरकार खाडी तथा मलेसियाका सरकारहरू नेपाली तथा आप्रवासी कामदारको मृत्यु रोक्नका लागि खासै काम गरेको पाइदैन।

एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुरूप कतार नेपाली तथा आप्रवासी कामदारको लागि सुरक्षित नभएको तथा रोक्न सक्ने मृत्युलाई समेत नरोकेको बताएको छ। एम्नेस्टीको प्रतिवेदनले कतारमा कार्यरत दुई सय जना नेपाली कामदारको मृत्युलाई रोक्न सक्ने अवस्था भएपनि त्यसलाई नरोकेको बताएको छ। कार्डियोलोजी नामक जर्नलमा प्रकाशित सन् २०१९ मा गरिएको एक अध्ययनले कतारमा नेपाली श्रमिकको गर्मी र मृत्युबीचको सम्बन्ध रहेको कुरा पत्ता लगाएको थियो। सन् २००९–२०१७ को अवधिमा भएको पाँच सय ७१ जना नेपाली आप्रवासी श्रमिकहरूको मुटुको समस्याको कारणले भएका मृत्युमध्ये दुई सय जना जतिको मृत्युलाई रोक्न सकिन्थ्यो” भन्ने उक्त अध्ययनले निष्कर्ष निकालेको थियो।अकाल मृत्यु र असुरक्षित काम गर्ने वातावरणबीच सम्बन्ध रहेको प्रमाण हुँदाहुँदै पनि कतारी अधिकारीहरूले गएको दशकमा भएका हजारौं आप्रवासी श्रमिकहरूको मृत्युको अनुसन्धान नगरेको कुरा एम्नेस्टीले सार्वजनिक गरेको हो।

एम्नेस्टी इन्टरनेसनलले सन् २०१७ देखि २०२१ को बीचमा कतारले जारी गरेको आप्रवासी श्रमिकहरूका लागि १८ जनाको मृत्यु प्रमाणपत्रको समीक्षा गर्यो। तीमध्ये १५ वटाले मृत्युको मुख्य कारणहरूबारे कुनै जानकारी दिएनन् त्यसको सट्टा “हृदयघात प्राकृतिक कारण”, “हृदयघात निर्दिष्ट नगरिएको” र “प्राकृतिक कारणहरूले गर्दा श्वासप्रश्वाससम्बन्धी विफलता” जस्ता शब्दहरू प्रयोग गरिएका छन्। जुन आपत्तिजनक रहेको छ।

आधिकारिक कतारी तथ्याङ्कले देखाएअनुसार सन् २०१० देखि सन् २०१९ को बीचमा सबै उमेर र पेशा समूहका १५ हजार २१ जना भन्दा बढी गैरकतारीको मृत्यु भएको छ तर अनुसन्धानको अभावमा मृत्युको कारणहरूको तथ्याङ्क अविश्वसनीय रहेको कुरा एम्नेस्टीले अभिलेखिकरण गरेको छ। कतारको तथ्याङ्कमा धेरै मृत्युलाई ‘मुटुसम्बन्धी रोगहरू’ को रूपमा वर्गीकरण गरिएको तथ्यले यथार्थमा कारण नखुलाइएका धेरै मृत्युहरूलाई ओझेलमा पार्न गरेको छ। दक्षिण एसियाली देशहरूबाट आउने अधिकांश आप्रवासी श्रमिकहरूको मृत्युको तथ्याङ्कमा पनि यो कुराको संकेत गरिएको एम्नेस्टीले भनेको छ। जसले गर्दा नेपालीहरू पनि कतारमा प्रभावित भएको स्पष्ट देख्न सकिन्छ। यति हुँदाहुँदै पनि अर्थात् ज्यान जोखिममा छ भनी थाहा पाएर पनि नेपाली युवाहरू वाध्यतावश कामका लागि विदेश गएका छन्।

सरकारी तथ्यांक हेर्दा पनि कहालीलाग्दो अवस्था नै छ। वैदेशिक रोजगार बोर्डका अनुसार विगत १४ वर्षको अवधिमा ९ हजार २ सय ३७ जना नेपाली युवाहरूले विदेशी भूमिमा ज्यान गुमाएका छन्। विदेशमा रहेका युवाको हृदयघातसडक दुर्घटनाआत्महत्या र कार्यस्थल दुर्घटना मुख्य कारणले गर्दा ज्यान जाने गरेको छ।

आर्थिक वर्ष (चैत आधासम्ममा) २०७८/७९ मा  १ हजार २ सय ४३ जना आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ७३ जनाआर्थिक वर्ष २०७६/०७७ मा ६ सय ७१ र २०७५/०७६ मा ७ सय ६३ को विदेशमा युवाहरूको ज्यान गएको सरकारी तथ्यांक रहेको छ।  आर्थिक वर्ष २०७१/०७२ मा एक हजार छ जना२०७२/०७३ मा आठ सय १६ जना२०७३/०७४ मा सात सय ५६ जना २०७४/०७५ मा आठ सय २२ जना युवाहरूको विदेशमा ज्यान गएको छ। आर्थिक वर्ष २०६५/०६६ मा ७७ जना युवाको ज्यान गएको छ।

यति बिघ्न समस्या हुँदाहुँदै पनि सरकारले वैदेशिक रोजगारीको लागि व्यवस्थित बनाउने सकेको छैन। जसले गर्दा अदक्ष कामदार विदेश जान रोकिएको छैन। सरकारले करिब एक सय २० वटा मुलुक वैदेशिक रोजगारीको लागि खुला गरेको छ भने संस्थागत श्रम स्वीकृतिका लागि भने एक सय आठ वटा मुलुकहरू खुला गरेको छ।

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

0Shares
Advertisment