१९ बुँदे सहमति कार्यान्वयन हुने भएपछि कोइरालाले तोडे अनसन

0Shares

काठमाण्डौ । पुँजीबजार सुधार र विकासका लागि गत जेठ २० गतेबाट सुरु भएको आन्दोलन र असार १ गतेबाट तिलक कोइरालाद्वारा थालिएको आमरण अनशन  टुंगिएको छ।

असार १ गते देखि आमरण अनसनरत लगानीकर्ता तिलक कोइरालाले अनसन तोडेका छन् । नेपाल धितोपत्र  बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर अनसन बसेको १० औं दिनमा शुक्रबार उनले अनसन तोडेका हुन् ।

पूँजी बजार सुधार र  विस्तारका लागि गठित संघर्ष समितिकाे माग कार्यान्वयन गर्ने सम्झैता भएपछि अनसनरत काेइरालाले अनसन ताेडेका हुन् ।

शेयर बजार सुधार र विस्तारका लागि तिलक कोइरालाले असार १ गतेदेखि अनसनमा बस्दै आएका थिए । नेपाल धितोपत्र बोर्डका कार्यालय भित्र अनसन बस्न नदिएपछि उनले बाहिर बसेर अनसन सुरुवात गरेका थिए ।

कोइलालाले यसअघि पनि दुईपटक आमरण अनसन बसिसकेका छन् ।

सरकारले पूँजी बजारको संबेदनशिलता र लाखौं लगानीकर्ताहरुको लगानीलाई वेवास्ता गरेकाले अन्तिम पटक आमरण अनसन बस्नु परेको उनको भनाई छ ।

समिति र बाेर्डबीच भएकाे सम्झाैता यस्ताे छ ।

0Shares
Advertisment