सुनको भाउ ताेलाकै एक लाख ७०० रुपैयाँ

0Shares

मंगलबार सुनको भाउ महंगिएको छ । पुस १२ गते, सुन तोलामा २०० रुपैयाँले बढेको छ । यस दिन चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख ५०० रुपैयाँ कायम रहेको थियो ।

साताको तेश्रो दिन, चाँदीको मूल्य लगातार तेश्रो दिन स्थिर रहेको छ । शुक्रबारदेखि चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

0Shares
Advertisment