शेयर सस्तो कि महंगो थाहा पाउने तरिका

0Shares

शेयर बजार जोखिमपूर्ण बजार हो। धेरै मानिसहरुमा भ्रम छ कि यहाँ सजिलै पैसा कमाइन्छ। बाहिरबाट हेर्दा सजिलै पैसा कमाइन्छ जस्तो लागेपनि सही समयमा सही निर्णय गर्न नसक्दा घरबार नै गुमाउनु परेको धेरै उदाहरणहरु छन्।

शेयर बजारमा लगानी गर्दा विभिन्न रणनीतिहरु अपनाउनु पर्दछ। समय अनुसार रणनीतिहरु परिवर्तन हुने गर्दछ। शेयर बजार प्रयोग हुने रणनीतिहरुमध्ये एक हो सही समयमा सही मूल्यमा सही स्टक खरिद गर्नु। यस्तोमा कुन स्टक महंगो? कुन स्टक सस्तो? भन्ने छुट्याउनु आवश्यक छ। कुन स्टक सस्तो? कुन महंगो? भनेर छुट्याउन धेरै दिमाग चलाउनु पर्दैन।

शेयर किन्दा तरकारी किन्दा जस्तै दिमाग लगाउनुहोस्

सामान्यतया नयाँ लगानीकर्तालाई ५०० रुपैयाँको स्टकभन्दा ५० रुपैयाँको स्टक आकर्षक लाग्दछ, सस्तो लाग्दछ। यो लगानीकर्ताहरूको ठूलो गल्ती हुन सक्छ। यो एउटा उदाहरणबाट बुझ्न सकिन्छ। तपाईं तरकारी बजार जानुहुन्छ। त्यहाँ आलु ५० रुपैयाँ प्रतिकिलो र परवल ६० रुपैयाँमा बिक्री भइरहेको छ। तपाई कसलाई सस्तो मान्नुहुन्छ? तरकारी बजार नजानेले यहाँ दुई तरकारीमध्ये आलु सस्तो भन्ने सोच्छन् तर यथार्थमा त्यहाँ आलुभन्दा परवल सस्तो छ। आपूर्तिमा ठूलो कमी नआएको समय वा माग धेरै नबढेको अवस्थामा खुद्रा बजारमा सामान्यतया आलुको मूल्य प्रतिकिलो ३० रुपैयाँको हाराहारीमा रहन्छ। जबकि परवल यसको सिजनमा १५ देखि २० रुपैयाँ प्रति पाउमा खरिद गर्न सकिन्छ। अर्थात्, यहाँ परवलको इन्ट्रिन्सिक भ्यालु (जसलाई हामी आम बोल्ने भाषामा मोलाई भाउ पनि भन्न सक्छौं) यसको हालको मूल्य बराबर वा नजिक छ। अर्थात् सामान्यतया कुनै पनि ग्राहकले पसलेलाई मूल्य घटाउन आग्रह गर्दैनन्। यसको मतलब परवल सही मूल्यमा बिक्री भइरहेको छ भन्ने बुझ्न सकिन्छ। त्यसैले परवल खरिद गर्नु उचित निर्णय हुन्छ। तर ग्राहकले प्रतिकिलो ५० रुपैयाँमा आलु बिक्रेताकहाँ गएर मूल्य घटाउन आग्रह गर्नेछन्। यसको मतलब ग्राहकलाई आलुको इन्ट्रिन्सिक भ्यालु थाहा छ। जुन अहिले महंगो छ। यो उदाहरणबाट तपाईले बुझ्नुभएको होला कि यहाँ आलु भन्दा परवल सस्तो छ। यदि तपाईँलाई यो थाहा छ भने, तपाईँ त्यही सूत्र लागू गरेर राम्रो स्टक छनोट गर्न सक्नुहुन्छ।

इन्ट्रिन्सिक भ्यालुले स्टक सस्तो वा महँगो बताउछ

सरल शब्दमा भन्नुपर्दा, तरकारी किन्दा तपाई सामान्यतया मोलमोलाई गर्नुहुन्छ। पसलेसँग तरकारीको मूल्य कम गर्नुलाई लगानीको भाषामा इन्ट्रिन्सिक भ्यालु भनिन्छ। स्टक सस्तो हो वा महँगो भन्ने कुरा धेरै हदसम्म यसबाट थाहा हुन्छ। यदि शेयरको हालको मूल्य इन्ट्रिन्सिक भ्यालुभन्दा बढी छ भने शेयर महँगो छ भन्ने बुझ्नु पर्छ, र यदि यो कम छ भने शेयर लिन योग्य छ भन्ने सोच्नुपर्छ। तपाईले इन्ट्रिन्सिक भ्यालु निकाल्न पनि आवश्यक छैन। तपाईँ यसलाई गुगलमा खोजेर हेर्न सक्नुहुन्छ वा तपाईँ यसलाई टिकर टेप जस्ता साइटमा हेर्न सक्नुहुन्छ। तपाईँले सस्तो शेयरहरू पत्ता लगाउनको लागि इन्ट्रिन्सिक भ्यालु बुझ्ने पहिलो चरण सकिएको छ।

पिई रेशिया थाहा पाएर सस्तो स्टक छनौट गर्नुहोस्

यसलाई मूल्य आम्दानी अनुपात भनिन्छ। सरल भाषामा, शेयरबाट एक रुपैयाँ कमाउन कति पैसा लगानी गर्नुपर्छ भन्ने यस अनुपातबाट थाहा हुन्छ। स्टकको पिई जति कम हुन्छ, त्यति राम्रो मानिन्छ। उदाहरणका लागि, मानौं तपाईँको सूचीमा एउटै क्षेत्रका दुई ठूला कम्पनी छन्। दुवै कम्पनीले राम्रो नाफा आर्जन गरिरहेका छन्। एउटा कम्पनीको पीई धेरै छ र अर्को कम छ, त्यसैले पहिलो नजरमा तपाईले कम पिई भएको कम्पनीमा ध्यान केन्द्रित गर्नुपर्छ। सामान्यतया २० वा सोभन्दा कम पिई राम्रो मानिन्छ। तर केही स्टकहरूको लागि, यो अनुपात धेरै उच्च हुन सक्छ। त्यतिखेर राम्रो शेयर छनोट गर्न अन्य तीनवटा महत्त्वपूर्ण अनुपातहरू प्रयोग गर्न सक्छौँ। पिबी रेशियो, करेन्ट रेशियो र डेब्ट टु इक्विटी रेशियो अन्य महत्त्वपूर्ण अनुपातहरु हुन्।

राम्रा स्टक जहिले सस्ता हुँदैनन्

यसलाई उदाहरणबाट बुझौँ। तपाईँलाई कुनै एक ब्लुचिप स्टक खरिद गर्न मनलाग्यो। र अहिले सो कम्पनीले धेरै नाफा पनि कमाएको छ। त्यसोभए किन यसको शेयर नलिने भन्ने सोच आउन सक्छ। तर त्यो स्टक खरिद गर्ने उचित समय अहिले हो कि होइन भन्ने सोच्नुपर्छ। यो छुट्याउने दुई तरिका छन्। पहिलो, यसको हालको मूल्य यसको इन्ट्रिन्सिक भ्यालुभन्दा बढी छ कि कम छ। अर्थात्, यो महंगो छ कि सस्तो। र दोस्रो, यसको पीई अनुपात कति छ। यस्तो स्टक खरिद गर्न तपाईँले या त यो स्टक हरेक २ प्रतिशत गिरावटमा किन्न सक्नुहुन्छ या ठूलो करेक्सन पर्खनुपर्छ। त्यतिखेर तपाईको मनपर्ने स्टक यसको इन्ट्रिन्सिक भ्यालुको वरिपरि आउँछ, वा यसको मूल्य आम्दानी अनुपात कम हुन्छ। यसरी तपाईले केहि महत्वपूर्ण कुराहरु बुझेर राम्रो स्टक छनोट गर्न सक्नुहुन्छ। र तपाईं सधैं आफ्नो पोर्टफोलियो हरियो राख्न सक्नुहुन्छ।

(अनुवादित)

0Shares
Advertisment