यस्तो बन्यो नयाँ मन्त्रिपरिषद् : अधिकांश नयाँ अनुहार

0Shares

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले आज दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

गत पुस ११ गते पद तथा गोपनियताको शपथ लिँदै आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन्। आजको विस्तारपछि पनि मन्त्रिपरिषद् अझै पूर्ण बन्न सकेको छैन। वन तथा वातावरण र युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैले लिएका छन्।

प्रधानमन्त्री दाहालको मन्त्रिपरिषद्मा अधिकांश नयाँ अनुहार समेटिएका छन्। राजनीतिमा स्थापित भए पनि अवसर नपाएका नयाँ र युवालाई मन्त्रिपरिषद्मा समेटेर प्रधानमन्त्रीले सकारात्मक सुरुवात गरेका हुन्। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीकातर्फबाट सरकारमा सहभागिता रहेको छ। जनता समाजवादी पार्टीबाट पनि मन्त्रिपरिषद्मा सहभागी हुने बताइए पनि अन्तिममा सो दलकातर्फबाट भने सहभागी भएनन्।

मन्त्रिपरिषदको वरीयतामा अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका बिष्णु पौडेल दोस्रो स्थानमा छन् भने भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो स्थानमा छन्। गृहमन्त्री रवि लामिछाने चौथो वरीयतामा छन् भने ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका राजेन्द्र लिङ्देन पाँचौं स्थानमा छन्।

यस्तै माओवादीबाट मन्त्री बनेकी रेखा शर्मा छैठौं स्थानमा छन्। राज्यमन्त्रीको बरियतामा सुशिला सिर्पाली ठकुरी अगाडि हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की र राप्रपाका दिपकबहादुर सिंह क्रमशः दोस्रो र तेस्रो वरीयतामा छन्।

यस्ताे छ नयाँ मन्त्रिपरिषद्काे पद तथा कार्यविभाजन
१.    पुष्पकमल दाहाल ‘प्रचण्ड’ –  प्रधानमन्त्री – वन तथा वातावरणस युवा तथा खेलकुद
२.    विष्णुप्रसाद पौडेल  –  उपप्रधानमन्त्री  –  अर्थ
३.    नारायणकाजी श्रेष्ठ  –  उपप्रधानमन्त्री  –  भौतिक पूर्वाधार तथा यातायात
४.    रबि लामिछाने  –         उपप्रधानमन्त्री  –  गृह
५.    राजेन्द्रप्रसाद लिङ्देन  – उपप्रधानमन्त्री  – ऊर्जा, जलस्रोत तथा सिँचाई
६.    रेखा शर्मा  –            मन्त्री  –  सञ्‍चार तथा सूचना प्रविधि
७.    विक्रम पाण्डे  –        मन्त्री  –  शहरी विकास
८.    ज्वाला कुमारी साह – मन्त्री  –  कृषि तथा पशुपंक्षी विकास
९.    दामोदर भण्डारी –    मन्त्री  –  उद्योग, वाणिज्य तथा आपूर्ति
१०.    राजेन्द्रकुमार राई –  मन्त्री    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
११.    अब्दुल खान     –     मन्त्री  –  खानेपानी
१२.    डा. विमला राई पौड्याल  –  मन्त्री  –   परराष्ट्र
१३.    पदम गिरी    –        मन्त्री  –  स्वास्थ्य तथा जनसङ्‌ख्या
१४.    भगवती चौधरी –     मन्त्री  –  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१५.    हरिप्रसाद उप्रेती  –  मन्त्री  –  रक्षा
१६.    सुदन किराती  –      मन्त्री  –  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१७.    अमनलाल मोदी –    मन्त्री  –  सङ्घीय मामिला तथा सामान्य प्रशासन
१८.    शिशिर खनाल  –      मन्त्री  –  शिक्षा, विज्ञान तथा प्रविधि
१९.    डोलप्रसाद अर्याल    मन्त्री  –  श्रम, रोजगार तथा सामाजिक सुरक्षा
२०.    ध्रुवबहादुर प्रधान –   मन्त्री  –  कानुन, न्याय तथा संसदीय मामिला
२१.    सुशिला सिर्पाली ठकुरी –  राज्यमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२२.    डा. तोसिमा कार्की –       राज्यमन्त्री, स्वास्थ्य तथा जनसङ्‌ख्या
२३.    दिपक बहादुर सिंह –      राज्यमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाई

0Shares
Advertisment