मोसो दल्ने अभियानका केन्द्रीय संयोजक थापा पक्राउ

0Shares

काठमाडौं। विवादित तथा ‘अराजक’ व्यवसायी दुर्गा प्रसाईंको बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई मोसो दल्ने अभियानका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन्।

मोसो दल्ने भनेर धम्की दिने प्रसाईंको ‘कालोमोसो दस्ता’का संयोजक थापा मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ परेका हुन्।

थापालाई सोधपुछका लागि प्रक्राउ गरिएको प्रहरीले जनाएको छ। गत फागुन १३ गते प्रसाईंले गरेको एक कार्यक्रममा थापालाई मोसो दस्ताको केन्द्रीय संयोजक घोषणा गरिएको थियो। त्यसपछि उनले मोसो लेखिएको टिसर्ट लगाएर युवाहरू परिचालन गर्दै बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई मोसो दल्ने बताउँदै आएका थिए।

0Shares
Advertisment