इदेवदर्शनको कार्यकारी सम्पादकमा सापकोटा र प्रवन्ध सम्पादकमा लम्साल चयन

0Shares

चितवन । देवदर्शन नेटवर्क प्रा.लि. द्वारा सञ्चालित इदेवदर्शन डट कममा सम्पादक मण्डल परिवर्तन भएको छ ।
भरतपुर-१०, दिपेन्द्रचोक (चितवन) स्थित कम्पनीको प्रधान कार्यालयमा सम्पन्न वोर्ड वैठकले नयाँ सम्पादक र सम्वाददाताहरु नियुक्त गरेको हो ।
कम्पनीकी प्रवन्ध निर्देशक एवम् अनलाइनकी सञ्चालक गोमा सापकोटाका अनुसार इदेवदर्शन डट कमको नयाँ कार्यकारी सम्पादकमा विनोदकुमार सापकोटा र प्रवन्ध सम्पादकमा विकास लम्साल नियुक्त भएका हुन् । सापकोटा र लम्साल दुबैले हाल जापानबाट पत्रकारिता गरिरहेका छन् ।
यसैगरी कम्पनीको बोर्ड वैठकले तीन जना सम्वाददाताहरु पनि नियुक्त गरेको छ ।

सम्वाददाताहरुमा शान्ती सिग्देल (पोखरा), उमेश ढुङ्गेल (काठमाडौ) र सुनिल पराजुली (चितवन) छन् ।
इदेवदर्शन डट कमले २०७६ सालमा सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालबाट अनलाइन पत्रकारिता गर्न अनुमति प्राप्त गरी आम नागरिकलाई सू-सुचित गराइरहेको छ ।नयाँ सम्पादक र सम्वाददाताहरु चयन भएसङ्गै अनलाइनले अझ परिस्कृत सूचना र समाचारहरु प्रकाशन तथा प्रसारण गर्ने लक्ष्य लिएको कम्पनीकी प्रवन्ध निर्देशक सापकोटाले जानकारी दिइन् ।

0Shares
Advertisment