घुस लिएको आरोपमा सहायक वन अधिकृत पक्राउ

0Shares

काठमाडौ, ६ असार । धादिङको नीलकण्ठ सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल रू ४० हजारसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले पौडेललाई घुस लिएको आरोपमा कार्यकक्षबाटै पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अधिकृत पौडेलले ‘सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने हो भने रु. ४०,०००।– दिनुपर्छ भनी घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले पौडेललाई सेवाग्रहीबाट उक्त रकम लिएको अवस्थामा कार्यकक्षबाट नियन्त्रणमा लिएको हो । सोबारे थप अनुसन्धान भइरहेको प्रवक्ता  रिसालद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

0Shares
Advertisment