मेयर बालेन साहले खोले कालो चस्मा

0Shares

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले उपत्यकाको फोहर व्यवस्थापन सम्बन्धि जानकारी लिन नुवाकोटस्थित ओखर पौवाको डम्पिङ क्षेत्र पुग्दा कालो चस्मा खोलेका छन् ।
चुनावी अभियानमा रहँदा उनी सधैँ कालो चस्मामा देखिँदै आएका थिए । तर ओखर पौवाको डम्पिङ क्षेत्र पुग्दा चुनावी अभियानमा जस्तै टिसर्टमाथि कोट भने लगाएका थिए ।

काठमाडौंको मेयरको शपथग्रहण गरेकै दिन धन्यवाद जुलुस सकेर शुक्रबार अपरान्ह उनी ओखरपौवाको डम्पिङ क्षेत्रको अनुगमन गर्न पुगेका हुन् । त्यसक्रममा मेयर साहले स्थानीयको माग सम्बोधन गरेर जाने र त्यसका लागि योजना पनि बनाइसकेको जानकारी गराएका थिए ।

 

0Shares
Advertisment