श्रीमती अश्लील कुरा गर्ने, श्रीमान् पुलिस बनेर दबाब दिने

0Shares

हनि ट्रयापमा पारेर रकम असुलेको आरोपमा एक दम्पती पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ बतासेका २४ वर्षीय शेखर बास्तोला र २० वर्षीया रोजिन राउत हुन्।

उनीहरु हाल भक्तपुरको बालकोट बस्दै आएका छन्। रोजिनाले पुरुषलाई फ्रेन्ड रिक्वेस्ट पठाउने र साथी बनाइसकेपछि म्यासेन्जरमा अश्लील कुरा गर्ने गरेको पाइएको छ।

त्यसरी पुरुष व्यक्तिसँग अश्लील कुरा गरेपछि रकम माग गर्ने र नभए मुद्दा दायर गर्ने धम्की दिएर रकम असुल्ने गरेको खुलेको छ।

शेखर भने साइबर ब्युरोको प्रहरी निरीक्षक हुँ भन्दै रोजिनासँगको कारोबार मिलाउन नभए पक्राउ गरेर कारबाही अगाडी बढाउने डर देखाउने गरेको खुलेको छ।

उनीहरुले एक कर्मचारीलाई यसरी नै ठगेको खुलेको छ। सुरुमा ती कर्मचारीले एक लाख ६५ हजार रुपैयाँ समेत दिएका थिए। पछि थप ३ लाख रुपैयाँ मागे पछि उनले उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी गरेका थिए।

उजुरीपछि महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुले माग गरेअनुसारको ३ लाख रुपैयाँ लिन जाँदा उनीहरु बानेश्वरबाट पक्राउ परेका महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए।

0Shares
Advertisment