म्याग्दीमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ३ व्यक्ति बेपत्ता

0Shares

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज (आइतबार) बिहान पहिराले घर बगाउँदा दुुई जनाको मत्यु र तीन जना बेपत्ता भएका छन्।

घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो। घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ।

गोठे र उनकी श्रीमती गोरी विक पहिरामा परेर घाइते भएका छन्। घमबहादुर, उनका श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन्।स्थानीय बेपत्ताको खोजी गरिरहेका छन्।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिए। घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ। रासस

0Shares
Advertisment