चौतारीका पूर्वसचिव सापकोटाले गरे पत्रकार कल्याणकारी कोषमा १० हजार सहयोग

0Shares

२२, भदौ, चितवन प्रेस चौतारी चितवनका पूर्व सचिव विनोदकुमार सापकोटाले आफ्नो जन्मदिनको अवसरमा पत्रकार कल्याणकारी कोषमा दश हजार सहयोग गर्ने जनाएका छन् ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा चौतारी चितवनका पूर्व सचिव सापकोटाले दश हजार नगद सहयोग गरेको चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले जानकारी दिए ।

पत्रकार सापकोटाले चौतारी चितवनले समस्यामा पर्न सक्ने पत्रकारलाई सहयोग जुटाउने उद्देश्यले कोषको स्थापना गरेकोले आफ्नो तर्फबाट सानो भए पनि सहयोग गरेको प्रतिक्रिया दिए ।

चौतारी चितवनका अध्यक्ष सुवास पण्डितका अनुसार पत्रकारिता पेसामा निरन्तर लागिरहेका पत्रकारहरुलाई असहज अवस्था सिर्जना हुँदा आर्थिक रुपमा सहयोग गर्ने, उत्कृष्ट कार्य गरे वापत पुरस्कार तथा सम्मान गर्ने र संगठनलाई चलायमान बनाउने मुख्य उद्देश्य राखेर उक्त कोष स्थापना गरिएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा हाल जापानमा रहेका सापकोटा २०६३ देखि २०६५ सालसम्म प्रेस चौतारी चितवनको सचिव थिए । सापकोटा अहिले पनि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । अभिमत पत्र डटकमका प्रवन्ध सम्पादक सापकोटा पत्रकार महासंघ जापान शाखाका पूर्व उपाध्यक्षसमेत हुन् । उनी नेपाली प्रवासी मञ्च जापानको केन्द्रीय सदस्य हुन् ।

चौतारी चितवनले स्थापना गरेको कोषमा हालसम्म ४५ हजार रकम जम्मा भैकसेको छ । यसअघि संगठनका चितवन जिल्ला इन्चार्ज प्रतिमा सिलवालबाट ५ हजार, अध्यक्ष सुवास पण्डितबाट १० हजार, चौतारी सदस्य मिलन पौडेलबाट १० हजार र स्वास्थ्यकर्मी हिमालय तिवारीबाट १० हजार सहयोग भैसकेको छ ।

प्रेस चौतारी चितवनले पत्रकारलाई स्वास्थ्य उपचारमा सहयोग पु¥याउनु, संगठन सुदृढिकरण र पत्रकारहरुको क्षमता अभिबृद्धिका कार्यक्रम गर्न, पत्रकारहरु बिरामी वा दुर्घटनामा परी उपचार गर्नुपर्ने अवस्थामा निजको आर्थिक अवस्थाले थेग्न नसक्ने अवस्था आएमा सहयोग गर्ने जनाएको छ ।

साथैं चौतारीमा आवद्ध कुनै सदस्यको मृत्यु भएमा कोषबाट आर्जित व्याज तथा अन्य सहयोगबाट २० हजार रुपैयाँ सहयोग गर्नु लगायतका विभिन्न उद्देश्य कोषको रहेको छ ।

0Shares
Advertisment