नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी नहुने भएको छ।
अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार राजनीतिक माग पुरा नभएसम्म पार्टी सरकारमा सहभागी नहुने भएको हो ।

‘हामी हाम्रो राजनीतिक मुद्दामा केन्द्रित छौँ। अहिले हामीले सरकारलाई समर्थन मात्रै गरेका हौँ। तत्कालै सरकारमा जाने हाम्रो सोच छैन,’ उनले भनिन् ।
श्रेष्ठले आज डिल्लीबजारस्थित कारागार पुगेर रेशम चौधरीसँग छलफल समेत गरेकी थिइन्। ‘आजको भेटघाट कुनै राजनीतिक सवालमा केन्द्रित थिएन। सामान्य र नियमित भेट अर्न्तगत भएको हो,’ उनले भनिन् ।
नागरिक उन्मुक्ति पार्टीका पाँच सांसद छन्।



