ज्योतिषीसँग साइत जुराएर बालुवाटार सर्दै प्रचण्ड

0Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित निजी निवासमा ज्योतिषी बोलाएर बालुवाटार सर्ने साइत हेराएका छन्।

उनले  ज्योतिषी टीकाराम घिमिरेलाई बोलाएर बालुवाटर सर्ने साइतको टुंगो गरेका हुन्।

साइत जुराए बालुवाटार जाँदै गरेका ज्योतिषी टिकाराम घिमिरेले भने,‘मलाई साइत जुराउनुपर्‍यो भनेर प्रधानमन्त्रीको सचिवालयबाट फोन आएको थियो। प्रधानमन्त्रीसँगै बसेर साँझ ५ बजेको साइत जुराएर फर्किंदैछु।’

घिमिरेले देउवा प्रधानमन्त्री हुँदा पनि साइत हेर्ने काम गरेका थिए।

0Shares
Advertisment