ग्लोबल आइएमई र बैंक अफ काठमाण्डुको २५ पुसदेखि एकीकृत कारोबार

0Shares

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जर भई २५ पुसदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । दुबै बैंकको २३ मंसिरमा सम्पन्न वाषिर्क साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

साधाराणसभाबाट मर्जर प्रस्ताव पारित गरी गाभ्ने गाभिने (मर्जर) अन्तिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा कम्पनी रजिष्ट्रारको अन्तिम स्वीकृति प्राप्त भएकाले मर्जर पश्चात ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार गर्ने भएको हो ।

साधारणसभाले ग्लोबल आईएमई बीओके नाम राख्ने प्रस्ताव पारित गरेकेा भएपनि मर्जपछि बन्ने नाममा बैंक भन्ने शब्द नभएको भन्दै राष्ट्र बैंकले असहमति जनाएपछि मर्जरपछि ग्लोबल आईएमई बैंकको नामबाट नै एकीकृत कारोबार सुरु गर्न लागेको हो ।

एकीकृत कारोबार गर्नको लागि डाटा माइग्रेसन प्रयोजनका लागि २३ पुस शनिबार र २४ पुस आईतबार २ दिन ग्लोबल आइएमई बैकको सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द हुने जनाएको छ ।

यस अबधिमा ग्लोबल आईएमई बैंक लिमिटेडको मोबाइल/ ईन्टरनेट बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड, एटिएम, एजेण्ट मार्फत हुने रेमिट्यान्स सेवा भने यथावत संचालनमा रहने व्यहोरा समेत बैकले जनाएको छ ।

0Shares
Advertisment