सिमसार दिवसमा घैलाघारीको सरसफाइ

54Shares

भरतपुर । सिमसार दिवसका अवसरमा संरक्षणकर्मीहरुले निकुञ्ज आसपासका तालतलैयाहरु सरसफाइ गरेका छन् ।
यसै क्रममा भरतपुर २३ मा अवस्थित घैलाघारी तालको पनि सरसफाई गरियो ।
सरसफाइ अभियानका अध्यक्ष साेम ढुङ्गाना,अभियानकर्मी कृण्ण न्याैपाने, समाजसेवी रामनारायण बास्ताेलाका साथै विभिन्न समाजका अगुवा काे सहभागितामा सो सरसफाई कार्यक्रमको आयोजना भएको थियो ।
विश्व सिमसार दिवसमा गरिएको यो कार्यक्रम विगतकै निरन्तरता हो ।
प्रकृति ले दियाे सुन्दर घैला ताल सम्रक्षण मा सबैकाे चासाे ।भालिका दिनमा पर्यटन काे बिकास गर्न सकिने  अन्तरिक र बाहय पर्यटनकाे प्रचुर  सम्भावना बाेकेकाे घैलाघारी चितवन राष्ट्रिय निकुन्जकाे नजिकै रहेकाे छ । यहाबाट जङ्गली जनावर सहजै देख्न सकिने, सुर्यास्त र सुर्योदय प्रस्ट देख्न सकिने हुदा यहाँ पर्यटकको  आकर्षणसमेत बढ्दै गएको छ ।
सरसफाइका लागि यस वरपर अहिले सामुदायिक बन,  टाेल सुधार, सहकारिका सदस्यहरु लगायत विभिन्न समाजसेवीहरुको पनि विशेष सहभागिता रहदै आएको छ ।

 

54Shares
Advertisment