दुई दिनमा दुई गैंडा मृत फेला

0Shares

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुई वटा गैंडा मृत भेटिएका छन् । वैशाख २६ र २७ गते ती गैंडा मृत भेटिएका हुन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार २६ गते कसरा क्षेत्रको तमोर ताल क्षेत्रमा चार महिनाको पोथी गैंडा र २७ गते सौराहाको पटना क्षेत्र राप्ती नदी किनारमा भाले गैंडा मृत भेटिएको हो । भाले गैंडा दुई वर्ष छ महिनाको रहेको उनले जानकारी दिए ।

उनका अनुसार दुवै गैंडा प्राकृतिक कारणले मरेका हुन् । मृत भेटिएका गैंडाको खाग र खुर दुवै सुरक्षित रहेको उनले बताए ।

उनका अनुसार चालू आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा मृत भेटिएको गैंडाको सङ्ख्या १८ पुगेको छ । रासस

0Shares
Advertisment