जापान । राष्ट्रिय स्वतन्त्र पार्टीले यतिबेला जापानभर आफ्नो संगठन विस्तार गरिरहेको छ ।
शनिवार पनि यो पार्टीको प्रवास नेपाली सम्पर्क बिभागले जापानको चुबु (नागोया) अन्तरगत गिफु केन उप-समिति चयन गरेलो छ । सो भेलाले सर्वसम्मत संयोजक जस्तो गरिमामए पदमा प्रवन पाण्डेलाई नियुक्त गरेको छ ।

पाण्डेको सभापतित्वमा गठित समितिमा उप संयोजक बन्धु लम्साल, सचिव :बसन्त चापागाई! सह सचिव:ईसान पन्त, कोषाध्यक्ष:अमृत सुबेधी र सह कोषादक्ष्य: कृष्ण रावत रहेका छन् ।
यसैगरी सदस्यहरुमा सबिता पन्थी, गोविन्द पाण्डे, केशब अधिकारी, रोशन फुल्देल, अक्षय कुमार गौतम, सन्तोष चापागाई, अर्पन तामाङ, प्रनिल थापा र शर्मिला सापकोटारहेका छन् ।
भेलाले सदस्य सविता पन्थीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।



