भरतपुर महानगरपालिका र रत्ननगर जोड्ने टिकौली जंगलमा आज ११ बजेर ४० मिनेट जाँदा ८ वटा सवारी साधन एक-आपसमा ठोक्किँदा १९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार भरतपुर ९ मा पर्ने टिकौली जङ्गलमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना. १ क ६१३१ नम्बरको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आँदै गरेको ना. २ च ८४४६ नम्बरकोको शव बोकेर देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको थियो । त्यसपछि बा. प्र.०६-००१ प ९९८१, बा.प्र.०३-००५प ९७, ना६२ प ६०३२, बा.प्र.०३-००१, प ४१४७ मो.सा.हरु , बा.प्र.०६-००१प २२९४ र बा.प्र.०३-००२ प ४१९८ नं.को स्कुटर सहित ८ वा सवारी साधन एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा घाइते १९ जनालाई चितवनका विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार एक जना घाइतेको मध्यम चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । त्यहाँ उपचार हुनेमा बलेरो गाडीमा सवार नवलपुर गैडाकोट ८ बस्ने वर्ष ५१ को लोकराज लामा रहेका छन् । यसैगरी ७ जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । जसमा बा.प्र.०३-००६ प ९९८१ नम्बरको मोटरसाइकल चालक जि.चितवन र.न.पा.१४ बस्ने वर्ष ३३ को शंकर परियार , सोही मोटरसाइकल पछाडी सवार वर्ष ३६ को दिवेश शाक्य छन् ।
त्यसैगरी शव बोकेको बलेरो गाडीमा सवार रत्ननगर १४ बस्ने वर्ष ५० को आईतराम कामी, रत्ननगर ३ बस्ने वर्ष ४४ को गोपाल तामाङ, रत्ननगर १४ का वर्ष २६ कका पुष्प तामाङ, सोही ठाउँका वर्ष ३८ का कृष्ण लामा र रत्ननगर ३ का ने वर्ष ४५ को जीवन लामा छन् ।



