शेयर बजारमा लगातार गिरावट, घट्याे कारोबार रकम पनि

0Shares

काठमाडौं । लगातार साताको तेस्रो दिन पनि शेयर बजारमा गिरावट भएको छ भने कारोबार रकम पनि घटेको छ ।

अघिल्लो दिन मंगलबार मात्रै ३१ अंकले घटेको नेप्से बजार आज २०.३१ अंकले घटेर २०२५.१२ बिन्दुमा कायम भएको छ ।

यसदिन बजारमा ४८ लाख ३८ हजार १०६ कित्ता सेयरको खरिदबिक्री हुँदा १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँको कारोबार भएको छ । शेयर बजारमा भएको गिरावटसँगै कारोबार रकम पनि घट्दै गएको छ ।

बुधबार सनराइज फोकस्ड इक्यूटी फण्ड, बलेफी हाइड्रोपावर र स्वरोजगार लघुवित्त वित्तीय विकास बैंकले सर्वाधिक नाफा कमाएका छन् भने माउन्टेन हाइड्रो नेपाल, शितगंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन र धौलागिरी लघुवित्त वित्तीय संस्थाले सर्वाधिक गुमाएका छन् ।
त्यसैगरी कारोबारका आधारमा हिमालयन डिस्टीलीरी लिमिटेड ८ करोड ४१ लाख ५० हजार १६० रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ । साताको दोस्रो दिन सोमाबार देखि गिरावट भएको शेयरबजार आजपनि घटेको हो ।

 

0Shares
Advertisment