अमेरिकाको ल्यूइस्टन सहरमा बन्दुकधारीले गोली प्रहार गर्दा २२ जनाको मृत्यु

0Shares

अमेरिकाको ल्यूइस्टन सहरमा बन्दुकधारीले गोली प्रहार गर्दा २२ जनाको मृत्यु भएको छ। ५०/६० जना घाइते भएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाको मेने राज्यस्थि ल्यूइस्टन सहरमा एक बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ। प्रहरीले चेतावनी जारी गर्दै बन्दुकधारी खुलेआम घुमिरहेकाले सबैलाई सतर्क र सावधान रहन भनेको छ।

ल्यूइस्टनका प्रहरी प्रवक्ताका अनुसार फरकफरक स्थानमा ती बन्दुकधारीले गोली प्रहार गरेका छन्। जसमा वालमार्ट डिस्ट्रव्यूसन सेन्टर, रेस्टुरेन्ट, स्पेयरटाइम रिक्रिएसन लगायतका रहेका छन्।

प्रहरीले घटनाको छानबिन सुरु गरेको छ। साथै ती व्यक्तिको तस्बिर पनि सार्वजनिक गरेको छ।

घटनामा घाइते भएकाहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

0Shares
Advertisment