नक्कली श्रमस्वीकृति बनाउने २ जना पक्राउ

0Shares

काठमाडौं । नक्कली श्रमस्वीकृतिको कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गोरखा घर भई काठामाडौं बस्दै आएका २३ वर्षीय अजित फेवाली र सोही ठाउँका २१ वर्षका विपिन ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले दुवैलाई सोल्टीमोडबाट मंगलबार पक्राउ गरेको थियो। उनीहरुले त्यहाँ वैदेशिक रोजगारीसम्बन्धी काम गर्ने ट्राभल्स सञ्चालन गर्दै आएका प्रहरीले जनाएको छ।

भिजिट भिसामा विदेश जान लागेकाहरूका कागजात नक्कली देखिएपछि प्रहरीले अनुसन्धान थाल्दा ती कागजात अजित र विपिनले बनाउने गरेको खुलेपछि उनलाई पक्राउ गरिएको हो। थप कारबाहीको लागि दुवै जनालाई प्रहरी वृत्त कालीमाटी पठाइएको कार्यालयले जनाएको छ।

0Shares
Advertisment