कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु

12Shares

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ।

बुधबार साँझ ७ बजे मोहन्याल गाउँपालिका–७ को कुइने–चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा भे१३प १०७४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।

उक्त मोटरसाइलमा सवार अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका ३८ वर्षीय खगेन्द्र ढकाल र ३४ वर्षीया महेश्वरी तिमिल्सीना ढकालको मृत्यु भएको हो।

मोटरसाइलसहित उनीहरूलाई सडकबाट करिब दुई सय मिटर तल कर्णाली नदीमा खसेको अवस्थामा प्रहरी उद्धार गरेको थियो ।

अछामबाट बर्दियाको भुरीगाउँ जाने क्रममा उनीहरू दुर्घटनामा परेका थिए।

नदीबाट उनीहरूको शव मोटरबोटको सहायताले निकालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कुलदिप चन्दले जानकारी दिए। उनीहरूको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।

12Shares
Advertisment