तीन दर्जन कम्युनिस्ट कार्यकर्ता काँग्रेस प्रवेश

0Shares

बाग्लुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर १ मा तीन दर्जन कम्युनिस्ट कार्यकर्ता स्वतस्फूर्त रुपमा आफू समर्थित विभिन्न दल परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेका छन।
खास गरि नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा आस्थावान अगुवा महिला तथा पुरुषहरू गरी करिब ३६ जना द्वारा नेपाली काँग्रेस प्रवेस गरि साधारण सदस्यता बितरण गरेको नेपाली काँग्रेस क्षेत्रीय समितीले जनाएको छ।
नेपाली काँग्रेस ढोरपाटन नगर समिती द्वारा आयोजित उक्त कार्यक्रमको सभापतित्व नगर संयोजक शालिकराम शर्मा,प्रमुख आतिथ्यता क्षेत्रीय सभापति दोर्ण कुमार कुँवर,बिशिस्ट आतिथ्यता महाधिवेशन प्रतिनिधि युवा नेता जित बहादुर शेरचन साथै महाधिवेशन प्रतिनिधि सोम बहादुर पौंबी(यामु) लगाएत अन्य स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
कार्यक्रममा नव प्रवेशी हेम प्रसाद बिक(हेमु),थमन बिक,कृष्ण पतेल(ओखरबोटे) लगाएतले साँच्चिकै राष्ट्र परिवर्तनको संवाहक काँग्रेस मात्रै भएकाले अविचलित भएर पार्टीमा योगदान गर्ने प्रतिबद्धता ब्याक्त गर्दै कुनै पनि प्रलोभनमा नपरी पार्टिमा योगदान गर्न र बाँकी रहेका साथिहरुलाई समेत चारतारे झण्डा र रुखको छहारी मुनि एकताबद्व हुन अपिल गर्दै आफ्नो मन्तव्य समेत राखेका थिए।
कार्यक्रममा बोल्दै युवा नेता जित शेरचनले समतामूलक समाज निर्माणका लागि काँग्रेस मात्रै निर्विकल्प शक्ति भएकाले कसैको करकाप र धाक धम्कीमा नपरी आफ्नो स्वाभिमान लाई जोगाउँदै समाज परिवर्तनको लागि आ-आफ्नो स्थान बाट योगदान गर्न अपिल गरेका थिए।त्यस्तै क्षेत्रीय सभापति दोर्ण कुमार कुँवरले स्थानीय सरकार कमिसनको खेलमा लाग्दा यस क्षेत्रको खानेपानी बाटो घाटो लगाएत अन्य थुप्रै समस्याहरु जहाँको त्यहीँ रहेकाले त्यसको बारेमा काँग्रेसले आवाज उठाउने प्रतिबद्धता समेत ब्याक्त गरेका थिए।

0Shares
Advertisment