हलुका सवारी चालक सुरेश नेपाल र उक्त किताबखानामा क्यान्टिन संचालन गर्ने सुदर्शन न्यौपाने रु. ५२,०००/- घुसरकमसहित नियन्त्रणमा

0Shares

काठमाडौँ, १५ माघ । राष्ट्रिय कितावखाना (शिक्षक), म्युजियम मार्ग छाउनीका हलुका सवारी चालक सुरेश नेपाल र उक्त किताबखानामा क्यान्टिन संचालन गर्ने सुदर्शन न्यौपानेलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

अवकास पश्चात पेन्सन कागजात बनाउन आएका सेवाग्राहीसँग काम छिटो गरिदिने भनी घुस माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट रु. ५२,०००।– (बाउन्न हजार रुपैयाँ) लिई सवारी चालक सुरेश नेपालको क्वाटरमा राखेको अवस्थामा उक्त रकमसहित दुवै जनालाई कार्यालय परिसरको क्वाटरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

0Shares
Advertisment