अख्तियारद्धारा नापी निरीक्षक उपर घुसररिसवत लिई भ्रष्टाचार गरेकोमा आरोपपत्र दायर

0Shares

रुपन्देही जिल्ला अदालतमा परेको जग्गा सम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भनी सोही अदालतका नापी निरीक्षक (सर्वेक्षक) द्वय सुमित चौलागाई र मनोज थापाले सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज सर्वेक्षकद्वय सुमित चौलागाई र मनोज थापालाई सेवाग्राहीबाट रु. ५,०००।– (पाँच हजार) अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा रुपन्देही जिल्ला अदालतका नापी निरीक्षक (सर्वेक्षक) द्वय मनोज थापा र सुमित चापागाईले आपसी मिलेमतोमा सेवाग्राहीको जग्गा मुद्दामा जग्गा नापनक्सा गर्न आएवापत भनी रु. ५,०००।– घुसररिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको भ्रष्टाचारजन्य कसुर भएकोले निज नापी निरीक्षक (सर्वेक्षक) द्वय मनोज थापा र सुमित चापागाईलाई जनही बिगो रु. ५,०००।– (पाँच हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको कुरा अख्तियारले जानकारी दिएको छ ।

0Shares
Advertisment