चितवन जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा विद्या कोइराला निर्वाचित (सबै मत परिणामसहित)

0Shares

भरतपुर । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको शनिबार सम्पन्न सञ्चालक समितिको निर्वाचनबाट विद्या कोइराला निर्वाचित भएकी छन् । निर्वाचनमा ९३ मत प्राप्त गरी उनी अध्यक्षमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वि रामराज पौडेलले ८७ मत प्राप्त गरे । कोइराला यसअघि संघको उपाध्यक्ष थिईन् भने पौडेल सचिव थिए । अध्यक्षमा निर्वाचित कोइरालाले हिमाली ब्राह्मी महिला साकोसको तर्फबाट संघमा प्रतिनिधित्व गरेकी हुन् ।
अधिवेशनमा चितवन जिल्लाभरका १८४ प्रतिनिधिले भाग लिएपनि १८२ मत मात्रै खसेको निर्वाचन संयोजक अधिवक्ता जगन्नाथ भण्डारीले जानकारी दिए ।
निर्वाचनमा एमाले र माओवादी पक्षका प्रतिनिधिहरुले चुनावी तालमेल गरेका थिए । काँग्रेस एक्लै प्रतिष्पर्धामा थियो । प्रतिनिधिहरुमा काँग्रेस पक्षधरहरु एमाले–माओवादी प्रतिनिधिभन्दा करिब ३२ मतले पछाडि रहेको प्रारम्भिक निष्कर्ष रहेपनि निर्वाचनबाट भने काँग्रेसको समर्थनमा विद्या कोइरालाले आफ्ना प्रतिद्वन्द्वि भन्दा उल्टै ६ मत बढि ल्याएर निर्वाचित भईन् । काँग्रेसको समर्थनमा उम्मेदवारी दिएकामध्ये सञ्चालक समितिमा अध्यक्ष र कोषाध्यक्षसहित एकजना सदस्य र एकजना लेखासमिति सदस्यमात्रै निर्वाचित भएका हुन् ।
यसैगरी निर्वाचनबाट सञ्चालक समितिको उपाध्यक्षमा इश्वरी शर्मा ढकाल, सचिबमा सुदिप रेग्मी, सहसचिबमा ऋतु गिरी, र कोषाध्यक्षमा गोबिन्दप्रसाद भट्टराई चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा भने आरती पन्त, पवन श्रेष्ठ, नारायण प्रसाद कँडेल, मन्जु भट्ट पाण्डे, सानुमाया थापा मगर र प्रभुप्रसाद महतो निर्वाचित भएका छन् । संघको लेखा तथा सुपरिबेक्षण समितिको संयोजकमा मिन प्रसाद सुबेदि र सदस्यहरुमा सदस्यहरुमा भोजराज पौडेल र बिष्णुमाया पाण्डे चयन भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा प्राप्त मत यसप्रकार रहेको छ ।
क) संचालक समिति
अध्यक्ष
१. रामराज पौडेल ८७ मत
२. विद्या कोईराला ९३ मत (विजयी)
उपाध्यक्ष
१. ईश्वरी शर्मा ढकाल १०३ मत (विजयी)
२. आनन्द पाण्डेय ७९ मत
सचिव
१. सुदिप रेग्मी १०२ मत (विजयी)
२. किशोर गुरुङ ८० मत
कोषाध्यक्ष
१. रामेश्वर पोखरेल ८१ मत
२ गोविन्द्र प्रसाद भट्टराई १०० मत (विजयी)
सह–सचिव
१. ऋतु गिरी १०१ मत (विजयी)
२. प्रमिला कुमारी ढकाल ७८ मत
सदस्यहरु
१. लालु प्रसाद दाहाल ८४ मत
२. नारायण प्रसाद कँडेल १०३ मत (विजयी)
३. आरति पन्त ९२मत (विजयी)
४. सावित्री पुडासैनी ८२ मत
५. पद्मराज पाठक ७६ मत
६. मन्जु भट्ट पाण्डे १०५ मत (विजयी)
७. सानुमाया थापा ८९ मत (विजयी)
८. प्रभु प्रसाद महत्तो ९५मत (विजयी)
९. हरिकृष्ण शर्मा ७३ मत
१०. पवन श्रेष्ठ ९३ मत (विजयी)
११. श्रीकान्त बराल ८७ मत

लेखा सुपरिवेक्षण समिति
संयोजक
१ मीन प्रसाद सुवेदी ८४ मत (विजयी)
२. प्रदिप वाग्ले ७६ मत
सदस्य
१. विष्णु माया पाण्डे ९३ मत (विजयी)
२. भोजराज पौडेल ९२ मत (विजयी)
३. चन्द्रा पाठक ९१ मत

0Shares
Advertisment