सबै केन्द्रीय अस्पतालबाट मिर्गौला प्रत्यारोपण हुने

0Shares

काठमाडौं। सरकारले सबै केन्द्र मातहातमा रहेका अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा प्रदान गर्ने जनाएको छ ।

संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०-८१को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सबै केन्द्रीय अस्पतालबाट अब मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध हुने जनाएका हुन् ।

यस्तै सरकारले क्यान्सर, मिर्गौला प्रत्यारोपण गरेका तथा डायलाइसिस गराइरहेका, पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्च लागि मासिक ५ हजार सहयोगलाई निरन्तरता दिएको छ ।

विपन्न नागरिकलाई मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन, स्पाइन्जर इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमियाको उपचारमा दिँदै आएको अनुदानलाई निरन्तरता दिन २ अर्ब ५० करोड छुट्टाइएको अर्थमन्त्री महतले जानकारी दिए । तर, यो गत वर्षको कार्यक्रमकै निरन्तरता हो ।

0Shares
Advertisment