बलेरो दुर्घटनामा परी ज्यान गुमाउने ७ जनाकै सनाखत

0Shares

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको देवचुली गोरे घुम्तीमा आइतबार भएको बलेरो दुर्घटनामा परी ज्यान गुमाउने ७ जनाकै सनाखत भएको छ ।

जिपमा चढेका सबै ७ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अर्यालको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना स्थलमै ३ महिलासहित ६ जनाको र अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी प्रमुख बेदबहादुर पौडेलका अनुसार दुर्घटनामा मृत्यु हुनेमा पूर्वी नवलपरासी बौदीकाली गाउपालिका वडा नम्बर ६ का २९ वर्षका चालक छन बहादुर आलेमगर, कुमारी रानामगर, टेकमान वाटकी मगर,कमला वानटकी र बुलिङटार गाउपालिकाकी १२ वर्षकी कररिश्मा ठाडा रहेका छन् । मध्यबिन्दु नगरपालिका वडा २ मदनपुर निवासी १८ वर्षका चिरन अर्यालको र कावासोती वडा न १६ बस्ने बर्ष १७ को अस्विन गैरेको मृत्यु भएको हो ।

बौदीकाली गाउपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दल्दले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको बलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख बेदबहादुर पौडेलले जानकारी दिए । जिप अत्यधिक स्पीडमा रहेका कारण मोडमा घुम्न नसकेर दुर्घटना भएको प्रहरीको भनाई छ ।

दुर्घटनास्थल भन्दा ४२ किलोमिटर उत्तर पश्चिम बौदीकालीको माँझडाँडाबाट सुन्तलासहित स्थानीयहरु चढेका थिए ।

0Shares
Advertisment