अर्घाखाँची समाज जापानको पाँचौँ अधिवेशन टोकियोमा सम्पन्न

5Shares

टोकियो । अर्घाखाँची समाज जापानको पाँचौँ अधिवेशन टोकियोमा सम्पन्न भएको छ। ३ सेसनमा सम्पन्न कार्यक्रमको उद्घाटन सत्र समाजका अध्यक्ष दीपक थापाको अध्यक्षता महासचिव नारायण भुसालको सञ्चालनमा भएको थियो।

उद्घाटन सत्रमा समाजका उपाध्यक्ष नेत्र प्रसाद पन्थीले स्वागत मन्तव्य राखेका थिए। समाजका संरक्षक बाबुराम पौडेलले विगतदेखिका समाजका गतिविधि, उपलब्धि एवम् आगामी दिनमा समाजले गर्नुपर्ने कामको विषयमा चर्चा गरेका थिए। अध्यक्ष दीपक थापाले २०२१–२३ कार्यकालमा भएका समाजका गतिविधिका विषयमा अवगत गराउँदै आगामी कार्यसमितिलाई मार्ग प्रशस्त गर्दै  कार्यसमिति विघटन भएको जानकारी दिएका थिए ।

दोस्रो चरणमा  बन्द सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष दीपक थापाले गरेका थिए । निर्वाचन समितिका संयोजक बाबुराम पौडेलले बन्द सत्रको सञ्चालन गरेका थिए । बन्द सत्रमा निवर्तमान महासचिव नारायण भुसालले साङ्गठनिक प्रतिवेदन, निवर्तमान कोषाध्यक्ष टोप बहादुर घर्ती मगरले आर्थिक प्रतिवेदन र निवर्तमान सचिव अर्जुन आचार्यले  विधान संशोधन प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई बन्द सत्रले अनुमोदन गरेको थियो। निर्वाचन समितिले निर्वाचनको प्रक्रिया अन्तर्गत सर्व सहमतिका लागि आगामी कार्यसमितिका पदाधिकारी एवम् सदस्यको नाम प्रस्ताव गरेको थियो।

उक्त विषयमा थप छलफल पश्चात् आगामी नेतृत्वको नाम बन्द सत्रको हलले पारित गरेको थियो। आगामी कार्यकालका लागि कृष्ण केसीको नेतृत्वमा ३१ सदस्यीय  कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। जसको उपाध्यक्षमा नारायण भुसाल, सङ्गीता थापा,टोप बहादुर घर्ती मगर, गोविन्द विष्ट, मनीष खनाल महासचिव अर्जुन आचार्य, सचिव अभिनाश जी।सी, सरोज भुसाल, अशिम खनाल कोषाध्यक्ष निरंजन खड्का सह(कोषाध्यक्ष केशव रेश्मी रहेका छन् ।

महिला संयोजक मधु क्षेत्री, विद्यार्थी संयोजक नारायण भट्टराईलाई चयन गरिएको छ। कार्यसमिति सदस्यहरूमा फन बहादुर पुन, दिल प्रसाद श्रेष्ठ, चेतनारायण थापा, मनोज खनाल, भगीरथ खनाल, मार्शल रायमाझी, दिनेश थापा, राजीव पछाई, चेतन घर्ती मगर, दिली  रेश्मी, मिना थापा, कमला केसी, धर्मराज पौडेल र शंकर रायमाझी निर्वाचित भएका छन्। बाँकी ३ सदस्य कार्यसमितिले मनोनीत गर्ने छ।

कार्यक्रमको खुल्ला सत्र नवनिर्वाचित कृष्ण केसीको अध्यक्षता जापानका लागि नेपाली राजदूतावासका महामहिम राजदूत डा दुर्गा बहादुर सुबेदी ज्यूको प्रमुख आतिथ्यता, वाणिज्य संघ जापानका अध्यक्ष विजेश थकाली , पत्रकार महासङ्घ जापानका उपाध्यक्ष इन्दिरा खनालको विशिष्ट आतिथ्तता रहेको थियो। कार्यक्रममा वाणिज्य संघ जापानका अध्यक्ष विजेश थकालीले मन्तव्य राख्दै जापानमा रहेका संघ सस्थाले खेलेका भूमिका विषयमा चर्चा गरेका थिए । साथै नव निर्वाचित कार्यसमितिलाई बधाई एवम् शुभकामना व्यक्त गरेका थिए ।

पत्रकार महासङ्घ जापानका उपाध्यक्ष इन्दिरा खनालले समाजले गरेका अनुकरणीय कामको प्रशंसा गर्दै आगामी दिनमा पनि पत्रकार महासङ्घ जापानले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए

कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत दुर्गा बहादुर सुबेदीले समाजको अधिवेशनमा उपस्थित हुन पाउँदा खुसी व्यक्त गरे । समाजका गतिविधिलाई अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्दै प्रवासमा समाजको महत्वका विषयमा आफ्ना भनाई राखेका थिए। कार्यक्रममा प्रमुख अतिथिले पानसमा बत्ती बालेर समाजको रू १० लाखको अक्षयकोषको स्थापना शुभारम्भ गरेका  थिए भने नव निर्वाचित कार्य समितिलाई प्रमाणपत्र तथा ७६ जना  आजीवन सदस्यलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

अक्षयकोष स्थापनाको पृष्ठभूमि र उद्देश्यको बारेमा निवर्तमान अध्यक्ष दीपक थापाले जानकारी गराए । खुला सत्रको सञ्चालन नव निर्वाचित महासचिव अर्जुन आचार्यले गरेका थिए। कार्यक्रममा समाजलाई गतिशील बनाउँदै जापानमा रहेका अर्घाखाँची जिल्लाका सम्पूर्ण महानुभावको साँझ सस्थाको रूपमा स्थापित गर्ने  प्रतिबद्धता व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष कृष्ण केसीले समापन गरेका थिए ।

अधिवेशन पश्चात् नवनिर्वाचित कार्यसमितिको पहिलो पूर्ण बैठक पनि सम्पन्न भएको छ। बैठकले २०२१र०२३ कार्यकालको कार्यसमिति, समाजका आजीवन सदस्य, साधारण सदस्य लगायत अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद प्रस्ताव पारित गरेको छ।

5Shares
Advertisment